चितवन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. पर्सा शाखाले बर्दघाट नगरपालिका वडा नम्वर ४ निवासी स्वः श्री श्याम प्रसाद पाठकको परिवारलाई ७० लाख ८२ हजारको मृत्यु दावी रकम भुक्तानी गरेको छ ।

स्वः श्री श्याम प्रसाद पाठकको ३ महिना अगाडी हृदयघातको कारण अस्मायिक निधन भएको थियो । स्वः बीमित पाठकको नेपाल लाइफमा ५ ओटा बीमा रहेको र सबै भन्दा बढी बीमाङ रकम ५० लाख रहेको पर्सा शाखा प्रमुख शिव अधिकारीले जानकारी दिनु भयो।

Facebook Comments Box