अजित अधिकारी
चितवन । चितवनमा पछिल्लो समय ज्ञानको रुपमा परिचित थलोका रूपमा शब्द चिन्तन संघ रहेको छ । बि।सं। २०३१ सालमा चितवनको भरतपुर महानगरपालिका १२ मा स्थापित रहेको यस संस्थाले विशेषगरि हिन्दु धर्मको संरक्षण तथा सम्बर्द्धनमा महत्वोपुर्ण भुमिका खेल्दै आएको छ । धार्मिक ऐतिहासिक महत्वका रुपमा समेत प्रचुर सम्भावनाका रुपमा परिचित यस संस्था धार्मिक परम्परा एबम रितिरिवाज धर्म संस्कृतीको जगेर्नामा महत्वोपुर्ण भुमिका खेल्नुका साथै समाजलाई सचेत मार्ग निर्दिष्ट गर्ने कुरामा समेत अगाडि छ । यस क्षेत्रमा ज्ञान प्राप्त गर्नको लागि देश तथा बिदेशबाट समेत धार्मिक बिदहरु आउने गरेको धार्मिक अनुयायीहरुको भनाइ छ ।

यहाँ चारैतिर मनोरम प्राकृतिक दृश्य रहनुका साथै, बिशाल दुईवटा गैडाको तस्बिर एबम मूर्ति समेत निर्माण गरिएको छ ।

यसैगरी कल्पेश्वर महादेबको मन्दिर रहनुका साथै, जगत कालिका मन्दिर समेत रहेको छ । यसको नजिकै भगवान गणेश र लक्ष्मीको मूर्ति समेत रहेको छ ।

यहाँ ज्ञान् लिन एबम मन्दिर तथा यस क्षेत्रको दर्शन गर्न मानिसहरु आउने गरेको शब्द चिन्तन संघका संरक्षक एबम संयोजक तथा शान्ति महाअभियान्ता लोकचन्द्र अधिकारीले चितवन अनलाईन खबरसंग बताए । उनी भन्छन्, एकदम मेहनत एबम प्रयासका साथ यस संस्थाको स्थापना गरेको र हालसम्म यहाँ बनेका भौतिक संरचनाको रुपमा रहेका मन्दिरहरु झन्डै सवाँ करोडको लागतमा निर्माण गरिनुका साथै, डेढ बिगाह जग्गामा सो धार्मिक संस्था निर्माण गरिएको हो ।

Facebook Comments Box