कञ्चनपुर । महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले कारबाही थालेको छ ।

सोमबार पहिलो दिन बजार क्षेत्रमा मास्क विना हिँड्डुल गर्ने ३७ जनालाई कारबाहीमा परेका छन। कारबाहीस्वरूप उनीहरूबाट रु एक हजार ८५० रुपयाँ जरिवाना असूल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

‘तपाईंको मास्क खै ? अनिवार्य मास्क लगाउनु है ?’, अभियान थालनी गरेको प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ ।

 

Facebook Comments Box