अजित अधिकारी
चितवन । बिश्वब्यापी रुपमा फैलिएको महामारीको रुपमा रहेको कोभिड १९ रोकथाम र न्यूनीकरणका लागि भोली मंगलबार बिहान ७ बजेदेखि नगर स्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति माडीले माडीका मुख्य मुख्य बजारमा सचेतना कार्यक्रम संचालन गर्ने भएको छ ।

सुरक्षाकर्मीहरुद्वारा घर बाहिर अति आवश्यक कामले निस्कनै परे मास्क लगाउन अनुरोध गर्ने र एकआपसमा सामाजिक दुरी कायम गर्न गराउन र सबैमा सामाजिक भाबनाको बिकास गराउने हेतुका साथ सो अभियान संचालन गर्न लागिएको हो ।

मास्क लगाउने तथा स्वास्थ्य मापदण्ड पालना गर्ने लाइ धन्यवाद दिने अभियान राखिएको समितिले जनाएको छ । समितिका अनुसार, अभियानको सुरुवात अनुरोध र धन्यवादबाट हुनेछ । भोलीदेखि नै बगही बसपार्कमा हेल्थ हेल्प डेस्क पनि सन्चालन हुनेछ । त्यस डेस्कमा स्वास्थ्यकर्मी र सुरक्षा कर्मीहरु रहनेछन ।

Facebook Comments Box