काठमाडौ । सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेकाले अर्को सूचना नआएसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। साथै बैठकले अनलाइनमार्फत कक्षा सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको छ । आजको बैठकले सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

आइतबार कोभिड संकट व्यवस्था समिति(सीसीएमसी)ले सञ्चालन भइरहेका र हुन बाँकी सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

Facebook Comments Box