रत्ननगर । नेकपा एमाले (माधव समुह) रत्ननगर १० मा वडा पार्टी,युवासंघ र अनेमसंघको वडा कमिटी विस्तार गरिएको छ । वडा कमिटीको अध्यक्षमा कमलबहादुर घिमिरे,उपाध्यक्षमा सुनिता श्रेष्ठ,सचिवमा गुप्तबहादुर खड्का,उपसचिवमा बासुदेब भण्डारी,कोषाध्यक्षमा छत्रबहादुर गुरुङ सहित २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

युवासंघको वडाकमिटी अध्यक्षमा विकास पौडेल,उपाध्यक्षमा चन्द्र श्रेष्ठ,सचिवमा रोनिका सुनार,सहसचिवमा संगम बहादुर घिमिरे,कोषाध्यक्षमा सीताराम चौधरी सहित २१ सदस्यीय कमिटी गठन गरिएको जिल्ला कमिटी सदस्य विजय खनालले जानकारी दिए ।

अखिल नेपाल महिला संघको वडाकमिटीको अध्यक्षमा विन्दु खड्का,उपाध्यक्षमा लीला पौडेल,सचिवमा भीमकुमारी थापा लगायत १५ सदस्यीय कमिटी गठन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एमालेका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कृष्णप्रसाद खनालले पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए । कार्यक्रममा जिल्ला उपसचिव कुलप्रसाद लामिछाने,नगर अध्यक्षमा बद्रि घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments Box