चितवन । यामाहा व्राण्डको रे–जेड १२५ एफ।आई स्कुटर खरिद गरेका शम्भुप्रसाद पौडेलले नगद २ लाख ७ हजार ८ रुपैयाँ पुरस्कार हात पारेका छन् ।
विश्व विख्यात यामाहा व्राण्डको मोटरसाईकलको नयाँ बर्ष २०७८को अफरमा स्कुटर खरिद गरेको भरतपुर ९ गौरीगञ्ज निवासी पौडेलले अफर कुपन स्क्र्रच गर्दा २०७८ को सय गुणा नगद २ लाख ७ हजार ८ रुपैयाँ पुरस्कार हात पारेका हुन् ।

उनले प्राप्त गरेको पुरस्कार एक समारोहका विच नविन अटो सेन्टरका महाप्रबन्धक राजु स्र्वणकारले प्रदान गरेका थिए । पुरस्कारपाएसगैँ पौडेलले आफु सधै यामाहा व्राण्ड रोजेकै कारण यो पटक आफुले पुरस्कार हात पारेकोमा नविन अटोलाई धन्यवाद दिएका दिए । उनले पुरस्कार मात्रै नभई गुणस्तरीताका लागि पनि यामाहा नै रोजेको बताए ।

यामाह मोटरसाईकल तथा स्कुटरको लागि चितवनको आधिकारीक विक्रेता समेत रहेको नविन अटो सेन्टरले सेल्स, सर्भीस र स्र्पेयर्स एकैठाँउबाट ग्राहकमैत्री हिसाबले सेवा दिएकै कारण चितवन–आसपासमा लोकप्रिय छ ।

नविन अटो यामाहाको अफरसगैँ आफुले पनि ग्राहकवर्गहरुको चाहाना अनुसार हरेक महिना विभिन्न अफरहरु जारीसगैँ नगद छुट र जुनसुकै व्राण्डसँग एक्सचेन्ज अफर समेत दिदै आएको नविन अटोका अध्यक्ष कपिलसागर कर्माचार्यले बताए ।

यामाहा बाइकले नयाँ वर्षलाई लक्षित गरी प्रवद्र्धनात्मक ‘नयाँ वर्ष २०७८ योजना’ अघि ल्याएको छ । सो योजना अन्तर्गत प्रत्येक महिनाको भाग्यशाली बिजेताले बम्पर पुरस्कार २० लाख ७८ हजार रुपैयाँ पाउने भएका छन् ।

साथै स्क्य्राच कार्डमार्फत २ लाख ७ हजार रुपैयाँसम्मको उपहार राखेर ग्राहकलाई आकर्षण गरेको छ । यामाहाको मोटर साइकल तथा स्कूटरहरुमा शुन्य प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्ट सुविधाका दिने गरिएको नविन अटो सेन्टरका महाप्रबन्धक राजु स्र्वणकारले स्पष्ट पारेका छन् ।

यामाहाको नेपालको लागि आधिकारिक वितरक एमएडब्ल्युले नेपाली बजारमा रे जेड, रे जेडआर, एनम्याक्स १५५, फसिनो जस्ता स्कुटर तथा सलुटो, एसजेड आरआर, एफजेड, एफजेड २५, आर १५ भी ३, एमटी १५, फेजर२५, एक्सटीजेड जस्ता मोटरसाइकल बिक्री गर्दै आएको छ ।

नेपाल यामाहाको नयाँ मोडल लन्च हुन साथ चितवनमा पनि एकसाथ नयाँ मोडल लन्चीङ्ग गर्दै आएको नविन अटोको पहिलो प्रथामिकता नै ग्राहकमैत्री सेवा रहेको छ ।

Facebook Comments Box