मेष–व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । आफन्तको भेटले हर्ष बढ्नेछ । यात्रामा मन रमाउनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ, घरघडेरीको व्यापार–व्यवसायमा लाभ मिल्ला । विशिष्ट जनसँग मित्रता बढ्न सक्छ। पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ।

वृष–आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् होसियार रहनु होला । रोकिएका काम बन्नेछन, व्यापार–व्यवसायमा उन्नति हुनेछ । काममा जसपाउने सम्भावनाछ । स्वास्थ्यमा सामान्य सुधार आउनेछ । लेखनकार्यमा मन लाग्नेछ । सन्तानको सहयोग मिल्नेछ ।

मिथुन–पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । विश्वासपात्रबाट धोका पाइएला । मानसिक चञ्चलता र उत्साह बढ्नेछ तर अप्रिय समाचारले दुःखी बनाउला । आफन्तको भरणपोषणका निम्ति खर्चवृद्धि हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ ।

कर्कट–व्यापार–व्यवसायमा विस्तार हुनेछ । कृषिकर्म र चौपायाबाट पनि प्रशस्त लाभ हुनेछ । काममा कठिनाई देखिए पनि अन्ततः खुशी मिल्नेछ । घर–जग्गा वा अन्य कुनै स्थिर सम्पत्ति जोड्ने पनि समय छ । धार्मिक कार्यमा संलग्न भइएला । अनुसन्धानात्मक काममा मन जानेछ सफलता पनि मिल्नेछ ।

सिंह–बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । प्रयत्न गर्दा विशेष लाभ पाउनुका साथै अध्ययनका लागि अनुकुल समय छ । ब्यपार पनि फस्टाउनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । अध्ययन अध्यापनको पक्षमा पनि राम्रा पैगति हुने देखिन्छ । उत्साह जगाउनेछ।

कन्या–रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ । दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला ।व्यापार–व्यवसाय सामान्य रहनेछ । धार्मिक यात्राको योग छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नजिकका आफन्त टाढिन सक्छन् र

तुला–पति र पत्नीबीच असमझदारी बढ्न सक्छ, आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ । समाजमा कुरा काट्नेहरू बढ्नेछन् । दैनिक कार्यमा केही समस्याहरू देखिएलान् । सावधान रहनु होला । खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथीभाइको सहयोग सामान्य रहनेछ । अध्ययनमा ध्यान केन्द्रित हुनेछ।

वृश्चिक–साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन सावधान रहनु होला । मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहुने समय छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ । कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्नेछ, आँटेको काम पूर्ण हुनेछ । व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ।

धनु–गरेको यात्रा उपलब्धी मूलक बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तानबाट पनि सुख मिल्नेछ । सुरुमा कामका कुराले मनमा द्विविधा बढ्न सक्छ तरपनि पछि काम बन्छ आम्दानीका स्रोतहरू बड्नाले मन प्रसन्न रहला । प्रेमसम्बन्धमा विश्वासको मात्रा बडेनेछ । दाजुभाइको सहयोग पनि प्राप्त हुनेछ ।

मकर–परिश्रमको राम्रो मूल्यांकन हुनेछ, वैदेशिक रोजगारीको काममा भने केही समस्या आउनेछ । कृषि र व्यवसायमा उन्नति हुनुका साथै अन्य काममा पनि मनग्ये धन कमाउने अवसर जुट्नेछ । शारीरिक दुर्बलता बढ्नेछ । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । नजिकका साथीभाइ टाढिन सक्छन्।

कुम्भ–मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिने छन । सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला होसियार रहनु होला । स्वास्थ्यमा बाधा उत्पन्न होला, नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्नेछ । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ।

मीन–आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । नयाँ नोकरी पाउने वा पुरानो काममा पदोन्नतिको सम्भावना छ तर आत्मीयजनसँग बिछोड होला । पारिवारिक सद्भावले कार्यमा सफलता मिल्नेछ । विदेशमा गरेको लगानीबाट लाभ मिल्नेछ । पहिलेके लगानी तथा श्रमबाट राम्रे प्रतिफल पाइएला।

Facebook Comments Box