काठमाडौ । विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता कार्यमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

त्यस्तै मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जना भन्दा बढी सहभागी हुन नपाउने गुरुङले वताए । त्यस्तै सरकारले सार्वजनिक कार्यालय र सवारी साधनमा मास्क अनिवार्य गरेको छ ।

 

Facebook Comments Box