अजित अधिकारी
चितवन । माडीका २ स्थानमा आज सोमबार नबनिर्मित प्रहरी भबन उदघाटन गरिएको छ । बागमती प्रदेश सरकार अन्तरगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बजेटबाट प्रतिभबन १ करोड ६३ लाख ६२ हजार रुपैयाँको लागतमा भबन निर्माण गरिएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले माडी ९ स्थित कृष्णनगर अयोध्याधाम निर्माण स्थल नजिकै रहेको नबनिर्मित प्रहरी चौकी सोमेश्वर र माडी ६ स्थित कल्याणपुरमा रहेको नबनिर्मित प्रहरी चौकी कल्याणपुर भबनको उदघाटन गरेका हुन । उदघाटनका क्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रहरी महानिरीक्षक लामाले माडीको शान्ति सुरक्षालाई अझ बलियो र मजबुत बनाईराख्ने माडीबासी समक्ष दृढसंकल्प गरेका छन । साथै उनले, माडीको अयोध्यापुरीमा निर्माण हुन लागेको अयोध्याधामले आँफुलाई नै खुशी तुल्याएको हुँदा, यसले माडीको सबै क्षेत्रको बिकासमा टेवा पुग्नेमा बिश्वास व्यक्त गरे । यो संगै भारतीय सिमा क्षेत्र नजिकै माडी रहेको हुँदा र अहिले निर्माण हुन लागेको अयोध्याधामका विषयकमा सर्बत्र चर्चा भइरहेका बेला माडी भारतीय सिमा नाका नजिकै रहेको हुँदा सुरक्षाको रुपमा समेत अझ यसले टेवा पुग्ने बताए ।

समाज निर्माण र रुपान्तरणमा प्रहरीको भुमिका मात्र नभई समाजमा बसोबास गर्ने सबै नागरिकको भुमिका रहने हुँदा, सामाजिक बिकृती बिसङ्गती जस्ता अमानवीय ब्यबहारहरुको रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बताए । पछिल्लो समय युवाहरुमा बढ्दै गइरहेको दुर्ब्यसनी साइबर क्राइम, यौन दुराचार, हत्या, हिंसा, चोरी डकैती, जुवातास जस्ता अनैतिक क्रियाकलापहरुलाई रोक्न निकट समयमा नै प्रहरी प्रशासनले महत्त्वपूर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा जनप्रतिनिधिको तर्फबाट माडी ६ का वडा अध्यक्ष भरत बहादुर गुरुङ्गले शुभकामना मन्तव्य राखेका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय हेटौंडाका सुरक्षा शाखा प्रमुख ज्ञान्दिप राई, माडी नगरपालिकाका प्रशासकीय अधिकृत पुष्पराज ढकाल र जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले मन्तव्य राखेका थिए । यसैगरी बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्र।नि।ई। बिमला देबि श्रेष्ठबाट नबनिर्मित भबन निर्माण सम्बन्धि आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । प्रमुख अतिथि लामाबाट प्रशंसा पत्र सहित मायाको चिनो समेत प्रदान गरिएको थियो । माडीका सामाजिक ब्यक्तित्व एबम पत्रकारहरुको सहभागीता रहेको सो कार्यक्रममा चितवनका प्रहरी उपरिक्षक ओम प्रकाश अधिकारीले धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

Facebook Comments Box