अजित अधिकारी
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एबम पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माडीको बिकासमा धेरै काम गर्न बाँकी रहेको बताएका छन । आज माडीको बसन्तपुरमा वाई.सि.एल. नेपालले आयोजना गरेको माडी नगर भेला एवम जनसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । बिगत लामो समयदेखि माडीबासीहरुले चितवन राष्ट्रिय निकुञ्जका कारण भोग्नु परेका समस्या संगसंगै प्रताडित भएर बाँच्नु परेका दुखका बेदनाहरुलाई स्मरण गर्दै, भाबुक रुपमा प्रस्तुत भएका थिए ।

यो संगै बिगतमा दुई तिहाईको सरकार रहदा सुकुम्बासीहरुलाई जग्गा दिने, शिक्षा, स्वास्थ्य लगाएतका विविध पुर्बाधारहरुमा अझ धेरै बिकास र बिस्तार गर्ने चाहना रहदा पनि त्यो काम पुरा हुन नसकेको बताए । राजनीतिक उथलपुथलको कारणले आफ्नो लक्ष्य अनुसारको काम गर्न नसकिएको स्वीकार गरे । साथै उनले निकुञ्ज ऐन २०२९ लाई संसोधन गर्नु आजको अपरिहार्य आवश्यकता रहेको हुँदा सो बारेमा बहस एबम चर्चा परिचर्चा भएतापनि ठोस निष्कर्ष निकाल्न नसकिएको उल्लेख गरे ।

माडीको बिकासको बिषयमा आँफु चिन्तित रहेको हुँदा, बिगतमा प्रधानमन्त्रीले असहयोग गरेतापनि यसबाट चिन्तित नरहेको र झन नयाँ पाठ सिकेको बताए । उनी भन्छन्, मैले कसैलाई दोष दिएको छैन । जनताको मन जितेर जनताको चाहना अनुरुप नै काम गर्नेमा आँफु सधैं प्रतिबद्ध रहेको बताए । सबै जातजातीहरुको मनोभावना बुझेर एकतापुर्ण ढङ्गले काम गर्ने बताए । र आँफु हिजो युद्ध हुँदा होस् या गणतन्त्र निर्माण हुँदा नै किन नहोस् संविधान निर्माण, निर्वाचन निर्माण र कम्युनिष्ट एकताको पक्षमा रहेको हुँदा, प्रतिक्रियावादी चलखेलद्वारा हामीहरुलाई बिभाजित गरिएतापनि, आँफु अझैपनि एकताको पक्षमा उभिएको बताए ।

जाँदाजाँदै उनले अन्त्यमा यिनै विविध विषयबस्तुमा बार्तालाप भएपश्चात् सकारात्मक बिचार पैदा हुनेमा बिश्वस्त रहदै, अबको केहिदिनमा नै सुखद समाचार सुन्न सकिने बताए ।

Facebook Comments Box