मेष–काम बने पनि बोझ र जिम्मेवारी थपिन सक्छ । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् । आरामदायी यात्रामा रमाइलो हुनेछ । बोलीमा सजगता नअपनाए
झूटा आरोप लाग्न सक्छ । परिवारबाट टाढा बस्नुपर्ने छ साथै साहित्यिक कार्यमा मन जाने छ । सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । विशेष फाइदाको योग छ ।

वृष–स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ । अरूका काममा समय खर्चनुपर्ला । पेटको खराबीले सताउला । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । पिडा दिनेहरु सक्रिय रहन सक्छन एकदमै सवधान रहनु होला । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

मिथुन–काममा अलि प्रतिस्पर्धा गर्नुपर्ला । केही चुनौतीसमेत देखापर्नेछन् । कोसिस गर्दा केही अवसर मिल्न सक्छ । आर्थिक पक्ष सबल बन्नेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । बुद्धिबिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ । घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

कर्कट–प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यापारमा पनि फाइदै हुनेछ तर खर्च भने बड्नेछ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन । आँटेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ । अचानक उपहार मिल्ने योग छ । योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।

सिंह–व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ । आयआर्जन भए पनि चोटपटक लाग्न सक्छ । मित्र वर्गबाट साथ सहयोग पाइनेछ । सामाजिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला । घरायसी समस्या ले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्ठ रहने छ । कमाइ रामै्र संग हुनेछ ।

कन्या–झमेला, विवाद र चोटपटकको योग छ । आर्थिक अभावले सताउनेछ भने कामको चाप पनि बढ्ने देखिन्छ ।नयाँ काम सुरु गर्ने समय छ । खर्चको मात्रा भने बढ्न सक्छ । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ सावधान रहनु होला । स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ ।

तुला–पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । काममा समेत केही चुनौती देखा पर्नेछन् । स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ । काम गर्नमा नै समय बिताए मन खुशी नै रहे पनि सोचे जती फाइदा हुने छैन । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ ।

वृश्चिक–व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । सम्मान पनि पाइनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । तर ब्यवसायबाट भने लाभ हुने समय छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ । आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

धनु–व्यापारमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट लाभ होला ।

मकर–विचार नपुर्याई बोल्नाले समस्या उत्पन्न गर्न सक्छ । सामाजिक प्रतिष्ठा मिल्नेछ, गरेका कामको प्रशंसा हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला र कडा प्रायस गरे पनि सफलता हात नलाग्न सक्छ साथै बादविवाद हुन सक्छ । कामको बोझले थाकेको महसुस होला । घर–गृहस्थीमा भने समस्या आउन सक्छ ।

कुम्भ–पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ । शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । ब्यापारबाट सोचे झैं लाभ हुनेछ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ ।

मीन–आम्दानी बढ्ने समय छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । भौतिक सुबिधाको साधन प्राप्ति हुनेछ । शिक्षा क्षेत्र शुभ रहेको छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ यसले मान प्रतिस्ठामा राम्रो हुनेछ । काम बन्नाले मन रमाउने छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

Facebook Comments Box