काठमाडौ । स्वास्थ्य मन्त्रालयले विहिबार एक अपिल सार्वजनिक गर्दै चितवनसहित १४ जिल्लाका विद्यालय बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले विहिबार जारी गरेको अपिलमा चितवनसहित काठमाडौँ, रुपन्देही, कास्की, भक्तपुर, कैलाली, मोरङ, दाङसहितका १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न सिफारिस गरेको छ । भने मन्त्रालयले विद्यालयमा बालबालिका नलैजान अभिभावकलाई पनि अनुरोध गरेको छ ।

अपिलमा १४ जिल्लाका रेष्टुरेन्ट, क्लबहरु, जात्रा, पर्व, नाँचघर, पार्टी प्यालेसलगायत सबै भीडभाड हुने स्थानमा नगएर स्वास्थ्य मापदण्ड कडारुपमा पालन गर्न सबैमा अपिल समेत गरेको छ ।

Facebook Comments Box