रत्ननगर । रत्ननगर व्यवसायिक बाख्रा पालन कृषि समुहको लगानीमा रत्ननगरमा मासु पसल सञ्चालनमा आएको छ । सौराहा चोकवाट सौराहा जाने वाटो तर्फ करिव २०० मिटर भित्र सौराहा जाने वाटोमा व्यवस्थित रुपमा सञ्चालनमा ल्याइएको सो मासु पसलको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बुधबार उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहनु भएका वनले सवै कृषकहरु एकीकृत भएर अगाडी बढ्नु पर्ने वताउनु भएको थियो । उहाँले कृषकहरुलाई आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको वताए । साथै मासु पसल सञ्चालकहरुलाई समुह र सहकारी मर्म अनुसार सञ्चालन गर्न आग्रह गर्नु भएको छ ।

उपभोक्तालाई स्वास्थ्यप्रद मासु उपलब्ध गराउन तथा रत्ननगरमा बढ्दै गएको मासुको मागलाई मध्यनजर गरी सुविधा सम्पन्न मासु पसल संचालनमा ल्याइएको समुहका अध्यक्ष रोहीणी वजगाईले जानकारी दिनुभयो । वजगाईका अनुसार आफ्नै फममा उत्पादन भएका खसि बोका भएको कारण बजार मुल्य भन्दा केहि सस्तो र स्वास्थ्यप्रद मासु उपलब्ध हुने वताउनु भएको छ । करिव १० लाखको लागानीमा सञ्चालनमा ल्याइएको सो मासु पसलबाट खसी, कुखुरा, हाँसको मासु उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका पशु शाखा अधिकृत शालिकराम पौडेल,बागमती प्रदेश उधोग पिरसंघका बरिष्ठ उपाध्यक्ष भेषराज दुवाडी,चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगाले लगायतले वोलनु भएको थियो । कार्यक्रम  समुहका अध्यक्ष वजगाईको अध्यक्षतामा सम्पन्न भएको थियो । भने  सञ्चालन सहदेव केसिले गर्नु भएको थियो ।

Facebook Comments Box