चितवन, २६ चैत । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा शक्तिखोर बजारमा बिहीबार पार्टी प्रकाशन प्रदर्शनी सम्पन्न भयो ।


चुनावीताका हुने भीडभाड र भोजभतेर नै राजनीति हो भन्ने भ्रम नेमकिपाको पार्टी प्रकाशनले तोड्न सफल भएको छ । नेताहरूको भाषण र मीठा आश्वासनमात्र सुनेका सोझा जनताका निम्ति राजनीतिसम्बन्धी राष्ट्रिय÷अन्तर्राष्ट्रिय विषयहरू समेटिएका पुस्तकहरू प्रदर्शनीमा हुनाले सैद्धान्तिक शिक्षाको महत्व बढेको छ ।


पुस्तक प्रदर्शनीमा अवलोकन गर्दै शक्तिखोर बजारका पानबहादुर खड्का भन्नुहुन्छ, “यो ठाउँमा गाउँका अशिक्षित चेपाङ जातिका मानिसहरू आवतजावत बढी हुन्छ । उनीहरूको लागि यो पुस्तक प्रदर्शनी कार्यक्रमले अध्ययनको महत्वलाई दर्शाएको छ ।” नेपाली राजनीतिमा नारायणमान बिजुक्छेँ आदर्श नेता रहेको र नेमकिपाले इमानदारीपूर्वक राजनीति गर्दै आएको चतुर्मुखी माविका पूर्वशिक्षक खड्काले बताउनुभयो ।
प्रदर्शनीको पुस्तक लिँदै कालिका नगरपालिका–१० का सीतुललाल चेपाङले चुनावको बेला नेताहरू घरघरै आएर मीठा कुरा गरेर जान्छन्, निर्वाचन सकेपछि जनताको दुःख पिरलाई फर्केर नहेरेको बताउनुभयो ।


नेतृत्व नै गलत भएपछि तल्लो तहका नेता–कार्यकर्ताहरू पनि उस्तै रहेको उहाँको गुनासो थियो । नेमकिपा कम्युनिस्ट पार्टी रहेको कुरा पुस्तक प्रदर्शनीमा रहेका कम्युनिस्ट विचारका राष्ट्रिय अन्तर्राष्ट्रिय पुस्तकहरू अवलोकन गर्न पाउँदा जानकारी भएको उहाँले बताउनुभयो ।


पार्टी स्थापना दिवसको अवसरमा भइरहेको पुस्तक प्रदर्शनी कार्यक्रमले पार्टीको सिद्धान्त र विचारलाई जनतामाझ पु¥याउन थप टेवा मिलेको छ ।

Facebook Comments Box