हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले गरेको छ । बबरमहलमा बसेको माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पूर्व मन्त्री युवराज दुलाल ‘शरद’ले जानकारी वताए ।

बैठकले गत पुस १० गते बागमती प्रदेशसभा सचिवालयमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेकपाका ४५ जना सदस्यहरुको हस्ताक्षरसहित दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय गरेको उनले बताए ।

बैठकबाट बागमती प्रदेशको संसदीय दलको नेतामा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेललाई सर्वसम्मत चयन गरेको छ भने दलको उप–नेतामा कुमारी मोक्तान चयन गरेको छ । त्यस्तै प्रमुख सचेतकमा नेता बुद्धिमान माझी र सचेतकमा नेतृ प्रतिमा श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।

Facebook Comments Box