असोज ७ गते । रत्ननगर ४ स्थित सौहार्द वचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ठ वचतकर्ता र ऋणीलाई सम्मान तथा पुरस्कृत गरेको छ । संस्थाको शनिवार सम्पन्न आठौ वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ठ वचतकर्ता तीन जना र ऋणी १ जनालाई सम्मान गरेको हो । उत्कृष्ठ वचतकर्ताहरु पम्फाकुमारी खनाल,ठाकुर प्रसाद रिजाल र धु्रववहादुर खड्का तथा ऋणी हस्तवहादुर तामाङलाई सम्मान गरेको संस्थाका व्यवस्थापक भरत पौडेलले जानकारी दिए । त्यस्तै संस्थाका उत्कृष्ठ कर्मचारीको रुपमा सुनिल रेग्मीलाई पुरस्कृत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी जिल्ला सहकारी संघ लिमिटेडका उपाध्यक्ष हरिप्रसाद पौडेल र सस्ंथाका अध्यक्ष जीवनराज वाग्लेले उनीहरुलाई सम्मान गरे । सो अवसरमा अध्यक्ष रेग्मीले वार्षिक प्रतिवेदन तथा भावी कार्ययोजना,सचिव निरज रेग्मीले प्रगति प्रतिवेदन,कोषाध्यक्ष निर्मल रेग्मीले लेखा परिक्षण प्रतिवेदन र लेखा संयोजक वेदप्रसाद पौडेलले लेखा प्रतिवेदन प्रस्ुतत गरेका थिए ।

Facebook Comments Box