अभियान अन्तर्गत चितवनका विभिन्न क्षेत्रमा रहेका आफ्नो नाममा जग्गा जमिन समेत नरहेका विपन्न , अवास विहिनहरुको लागि १०० घर निर्माण गर्ने लक्ष्य लिएर अगाडी वढेको अभियानका संयोजक सरोज ध्वज भण्डारीले वताए ।

यसै विच कहिले सडकमा भौतारिँदै त कहिले प्रतिक्षालयमा बास बस्दै अत्यन्त कष्टका साथ जीवन गुजारिरहेका पुरन चौधरीको लागि निर्माण गरिएको घर विहिवार हस्तान्तरण गरिएको छ । चौधरीको लागि निर्माण गरिएको घरको सम्पूर्ण लागत खर्च युबा समाजसेवी तथा रत्ननगर नगरपालिका वडा नम्वर ९का वडाध्यक्ष रोशन आचार्यले गर्नु भएको अभियानका संयोजक भण्डारीले वताए ।

अभियान्ताहरुले यस अघि ६० दिने “क्लीन चितवन,ग्रिन चितवन ,बेटर चितवन ” र “Help for needy people”नामक  अभियान समेत सञ्चालन गरेका थिए ।

Facebook Comments Box