चितवन । पर्यटकीय नगरी चितवन सौराहामा रहेको लायन्स क्लब अफ चितवन सौराहाको अध्यक्षमा बिक्रम चौधरी निर्वाचित भएका छन । पर्यटकीय नगरी सौराहामा रहेको पुरानो सामाजिक संस्था लायन्स क्लब अफ चितवन सौराहाको १४ औँ साधारण सभाबाट बर्ष २०२१/ २२ को लागि चौधरीे अध्यक्षमा चयन हुनुभएको हो ।

जसको प्रथम उपाध्यक्षमा सुमन घिमिर, द्धितिय उपाध्यक्षमा माला दाहाल, तृतिय उपाध्यक्षमा ऋृषि तिवारी, सचिवमा देवकला भट्टराइ, कोषध्यक्षमा रन्जन भण्डारी र सह कोषध्यक्षमा अम्बिका भट्ट चयन भएका छन । भने मेम्बर सिप गोर्थ चियर पर्सनमा शुशिला चौधरी निर्देशकमा शरद कुमार पाण्डे,देव हरि नेपाल,मन्जु महतो, राजेन्द्र भन्डारी रहनु भएको छ । कार्यक्रम वर्ष २०२०/२१का अध्यक्ष अन्जन कुमार पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box