काठमाडौ । नेकपा एमालेको नेपाल–खनाल समूहका सांसद कृष्ण भक्त पोखरेल ओली समूहमा लागेका घोषणा गरेका छन् ।

शनिबार बालुवाटारमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सहभागी भएर सांसद पोखरेलले आफु मुलधारको एमालेमा लागेको घोषणा गरेका हुन् ।

पोखरेलले फागुन २३ को फैसलापछि सबैभन्दा खुसी मनाउनेमा आफू पनि रहेको भन्दै गौरवशाली पार्टी एमाले, जबज र सूर्य चिन्ह पाएपछि आफु संस्थापक अध्यक्ष ओलीको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सघाउन मूलघारको एमालेको आएको बताएका छन ।

 

Facebook Comments Box