रत्ननगर । नेपाल रेडक्रस सोसाइटी बछौली उपशाखाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘ रेडक्रसका मानविय सेवामा अग्रपत्तिमा काम गर्ने रेडक्रसका स्वयसेवक तथा कर्मचारीहरूको सम्मान स्वरूप तालि बजायर सम्मान गरौ’ भन्ने मूल नाराको साथ रत्ननगर ६, बछौलीमा आफ्नै भवनमा साधारण सभा सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति ज्ञानशाली न्यौपाने प्रमुख आतिथ्यता रहेको सभामा उनले नेपाल रेडक्रस सोसाइटी बछौली उपशाखाको सक्रियतामा सञ्चालन भएको एम्बुलेन्स सेवा प्रभावकारी भएको र समग्ररुपमा चितवनको उत्कृष्ट शाखा रहेको वताउनु भएको थियो ।

सभामा नेपाल रेडक्रस सोसाइटी बछौली उपशाखाका सचिव मनोज चौधरीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दीपेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त अवसरमा ८ जना लाई व्हील चियर र नेचर गाइड लागि प्राथमिक उपचार तालिम गर्ने घोषणा समेत गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी बछौली उपशाखाका सभापति सुबास बिडारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका उपसभापति विदुर केसी, जिल्ला मन्त्री हरी पौडेल, रत्ननगर–६ का वडा सदस्य दोय जियन महतो, केशरी माया सुनार , बछौली उपशाखाका पूर्वसभापति राममणी खनाल, बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जीतबहादुर तामाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Facebook Comments Box