भरतपुर । चितवनमा आज र भोली दुई दिन १० घण्टा विधुत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण हेटौँडा ग्रिड महाशाखाले एक सूचना जारी गर्दै मर्मतसम्भारका लागि दुई दिन विद्युत कटौती हुन लागेको जानकारी दिएको हो ।

हेटौँडा ग्रिड महाशाखाअन्तर्गतको १३२\३३\११ केभी भरतपुर सबस्टेशनमा ११ केभी इन्कमर तथा बसकल्पर बदलेर क्षमता वृद्धि गर्नाका साथै आवश्यक मर्मतसम्भार गर्न परेको विद्युत् कटौती गर्न लागिएको महाशाखाका इञ्जिनीयर राजु श्रेष्ठले जानकारी दिनुभयो ।

विधुत प्राधिकरण भरतपुरका अनुसार शनिबार र आइतबार बिहान ८ः०० देखि साँझ ६ः०० बजेसम्म विद्युत् कटौती हुनेछ ।

Facebook Comments Box