चितवन । सहिद स्मृति बहुमुखी क्याम्पस टाँडीमा विहिबार अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सरोजध्वज भण्डारीको उपस्थितिमा भएको इकाई भेलाले प्रनिल तामाङ इन्चार्ज रहने गरि चोक बहादुर गुरुङ्गको अध्यक्षतामा ३१ सदस्यिय मुल इकाइ समिति निर्वाचित गरेको छ ।

जसको उपाध्यक्ष विष्णु प्रसाद वगाले, बिनित तामाङ्ग उपाध्यक्ष, समीर उदास , सचिवमा अनिल थापा , सह सचिवमा सनिम तामाङ, बिनय कार्की, अमन पाख्रीन र कोषाध्यक्षमा मोनिका सिलवाल रहेको कलेज कमिटि गठन गरेको छ ।

 

Facebook Comments Box