काठमाडौ । वैवाहिक जीवन सफल तथा सुखमय बनाउनका पतिपत्नी दुबैको हात हुन्छ।  जीवनसाथीको बानीव्यहोरादेखि, उसका ससाना कुराहरूमा ध्यान दिन सके वैवाहिक जीवन सहज हुन्छ।

वैवाहिक जीवनमा स(साना कुराले पनि मनमुटाव हुन सक्छ र घरबार समेत बिग्रन सक्छ, यसबाट जोगिनका लागि दुवैले एकअर्काको भावना बुझेर अगाडि बढ्नु आवश्यक हुन्छ । साथै आफ्नो जीवनसाथीलाई हरेक स(साना कुराहरू सेयर गर्ने जसले एकअर्कामा विश्वास पैदा गर्न सकोस्, साथै एकअर्कालाई विश्वास गर्न सक्नु पनि वैवाहिक जीवनलाई सहज रूपले अगाडि बढाउनु हो ।

वैवाहिक जीवनलाई सुखमय र सहज बनाउन यसाे गर्नुस्

– विषेशगरी पुरूषहरू यौन सम्बन्धका लागि निकै हतार गर्छन् । तर, यो जरूरी छैन् की महिला हरेक समय पुरूषसँग शारीरिक सम्बन्धका लागि तयार होस्। यस्तोमा एकअर्काको मुड र अवस्ताबारे बुझ्नु जरूरी हुन्छ । यदी दुईमध्ये एकले मात्र पनि शारीरिक सम्बन्धको इच्छा जाहेर नगरे दवाव दिनु राम्रो होइन।

– शारीरिक सम्बन्धका लागि विषेश गरी पुरूषले पहिले पहल सुरू गर्छन्। तर, कहिलेकाँही महिलाले पनि यसको पहल गर्नुपर्ने हुन्छ।

– शारीरिक सम्बन्धका क्रममा आफ्नो पार्टनरको अगाडि खुसी हुने प्रयास गर्नुस्, यस्तो समयमा खुसी देखीनु नै राम्रो हुन्छ।

– प्राय पुरूष शारीरिक सम्बन्धपछि आफ्नो पार्टनरको विचारै नगरी सुत्ने गर्छन् । तर यसो गर्नु राम्रो होइन, महिला साथीलाई सम्बन्धपछि पनि गफ गर्ने र साथमा बस्ने गरे उनीहरू खुसी हुन्छन्।

– ओछ्यानमा यस्ता कुराहरू नगर्नुस्, जसलाई सुनेर मानसिक तनाव होस् । ओछ्यानमा रहँदा सबै तनावलाई छाडेर जानु फाइदाजनक हुन्छ।

– सम्बन्धमा एकअर्कामा शंकाको लागि कुनै ठाउँ छाड्नु हुँदैन । जब आफ्नो पार्टनरमा कुनै असामान्य कुरा महसुस भए, उक्त कुराहरू एकअर्काले खुलेर गरेर समाधान गर्नु राम्रो हुन्छ।

– वैवाहिक जीवन शारीरिक सम्बन्धमा मात्र सिक्नु राम्रो होइन ।  एक(अर्कामा साँचो प्रेम दिएर सम्बन्धलाई थप मजबुत बनाउन सकिन्छ । एजेन्सी

Facebook Comments Box