काठमाडौ । कर्णाली प्रदेश सरकारलाई एमालेले दिएको समर्थन कायमै रहेको नेकपा एमालेको माधव कुमार नेपाल समूहले स्पष्ट पारेको छ ।

बुधबार वीरेन्द्रनगरमा बसेको संस्थापक ओली समूहको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेपछि माधव समूहका नेता प्रकाश ज्वालाले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहेको बताएका हुन् ।

Facebook Comments Box