अजित अधिकारी
चितवन । माडी नगरपालिका १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले आफ्नै चुनावी प्रत्यासीहरुलाई सुकुम्बासी समस्या समाधान आयोगमा बस्न सिफारिस गरेका छन । चितवन अनलाईन खबरसंग संक्षिप्त कुराकानी गर्दै पौडेलले समाजमा राजनीतिक संस्कार सहितको व्यबहार गर्नु अहिलेको अपरिहार्य आबश्यकता रहेकाले सबैजना यसमा एकजुट भएर लाग्नुपर्ने तर्क गरे ।

गत स्थानीय निर्वाचनमा माडीबाट वडा अध्यक्ष पदमा नै चुनावी प्रतिस्पर्धा गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरु क्रमशः सीता तिमिल्सेना र लेख बहादुर गुरुङ्गलाई माडी नगर स्तरीय सुकुम्बासी समस्या समाधान आयोगमा वडा नं। १ को तर्फबाट बस्न वडा अध्यक्ष पौडेलले सिफारिस गरेका हुन् । उनी साहसी एबम सबै पार्टीका क्षमतावान ब्यक्तित्वहरुलाई एकीकृत गरेर लैजानु पर्छ भन्ने मान्यता राख्दछन् ।

Facebook Comments Box