रत्ननगर । इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनि मध्यको एक टेकमाईन्डस् नेटवर्क प्रा।लीले आफ्नो शाखा विस्तार गरेको छ । आईतवार चितवनको पुर्वी भाग राप्ती नगरपालिकाको भण्डारा वजारमा एक समारोहका विच आफ्नो शाखा विस्तार गरेको हो ।

राप्ती नगरपालिका वडा नम्बर ५की अध्यक्ष मेनुका पाठकले कार्यालयको समुद्धघाटन गर्दै , गुणस्तरीय सेवा दिनेमा विस्वस्त रहेको वताईन । उनले गएको लकडाउनको समयमा अनलाईन कक्षा पढ्न ईन्टरनेट नभएको केहि विपन्न गरिव परिवारको घरमा टेकमाईन्डस् नेट जोडेको र लामो समय सम्म पनि गुनासो नआएको कारण सेवा राम्रो रहेको वताईन ।

शखा विस्तारको अवसरमा नया ईन्टरनेट जोड्ने ग्राहकहरुको लागि विशेष छुट अफर ल्याएको नेटवर्कका एडमिन विवेक अर्यालले वताए ।

Facebook Comments Box