चितवन । चितवनमा शनिवार दिउसो विधुत आपूर्ति अवरुद्ध हुने भएको छ । मर्मतका लागि शनिबार विहान ९ बजेदेखि दिउसो २ बजेसम्मका लागि विद्युत आपूर्ति बन्द गर्न लागिएको नेपाल विधुत प्राधिकरण प्रसारण निर्देशनालय हेटौंडा ग्रिड महाशाखाले जनाएको छ ।

हेटौंडा ग्रिड महाशाखा अन्तर्गतको भरतपुर १३२/३३/११ केभि सबस्टेशनमा १३२ केभि बसबार कण्डक्टर मर्मत, सिटिपिटि चेन्ज लगायतका अन्य आवश्यक मर्मत सभांर गर्नुपर्ने भएकाले विधुत आपूर्ति बन्द गर्न लागिएको महाशाखाबाट जारी गरिएको सूचनामा उल्लेख छ ।

महाशाखाका अनुसार भरतपुर वितरण केन्द्रको सम्पूर्ण क्षेत्र, चनौली वितरण केन्द्रको सम्पूर्ण क्षेत्र र टाँडी वितरण केन्द्र अन्तर्गत केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।

 

Facebook Comments Box