रत्ननगर : रत्ननगर नगरपालिका ९ मोहनामा रहेको जस्पाल देवि टोल विकास संस्थाको पाँचौ अधिवेशन तथा पन्ध्रौं साधारण सभा सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनले शेखर शर्मा पौडेलको अध्यक्षतामा ११ सदस्यीय टोल विकास संस्था गठन गरेको हो ।

जसको उपाध्यक्षमा शिव प्रसाद पौडेल ,सचीवमा निलु शर्मा, कोषाध्यक्षमा हरि प्रसाद पोडेल रहनु भएको छ । भने सदस्यहरुमा गुरुदत्त आचार्य,प्रमिला सुवेदी,ज्ञानेन्द्र पराजुली,निशान पौडेल,जिवन पोडेल,ओम प्रसाद शर्मा र शान्ति पोखरेल रहेका नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको  छ ।

अधिवेशनको अवसरमा टोल भित्रमा २० जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको सचिव निलु शर्माले वताईन । कार्यक्रममा मेघनाथ पौडेल , देव नारायण पौडेल, होमनाथ पौडेल, कमलापति पौडेल लगायतले वोल्नु भएको थियो भने कार्यक्रमको सञ्चालन बिष्णु पोख्रेलले गरेका थिए ।

Facebook Comments Box