अजित अधिकारी
चितवन । माडीमा फाल्गुन २३ गतेदेखि जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । विशेषगरी माडी क्षेत्रमा रहेका झन्डै ४,६१६ जना जेष्ठ नागरिकलाई खोप दिइने माडी नगरपालिका स्वास्थ्य शाखा सह संयोजक टंक प्रसाद बस्यालले चितवन अनलाईन खबरसंग बताए । आज भएको खोप समन्वय समितिको बैठकमा खोप केन्द्र निर्धारण, जनशक्ति व्यबस्थापन लगायतका विषयबस्तुमा तयारी भइरहेको जनाइएको छ । खासगरी ६५ बर्ष उमेर भन्दा माथीका ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी वडागत रुपमा खोप प्रदान गरिने सो बैठकमा उल्लेख गरिएको छ । उक्त बैठकमा माडीका प्रत्येक वडाका स्वास्थ्य केन्द्रबाट ज्येष्ठ नागरिकहरुलाई खोप प्रदान गरिने समेत जनाइएको छ ।

साथै २३,२४,२५,२६ र २७ गते ५ दिन संचालन हुने दोश्रो चरणको खोप अभियानका लागि आवश्यक व्यबस्थापनका कामहरु समेत अन्तिम चरणमा पुगेको र १० वटा खोप केन्द्रहरु तोकिएको समेत बैठकमा उल्लेख गरिएको छ ।

Facebook Comments Box