रत्ननगर । चितवनको सौराहामा तीन दिने कार्यालय तथा लेखा व्यवस्थापन तालिम सुरु भएको छ । सौराहामा रहेको पर्यटन प्रवदन तथा वन्यजन्तु वासस्थान व्यवस्थापन समितिले आयोजना गरेको तालिम सोमवार एक कार्यक्रमका विच सुरु भएको छ । उक्त कार्यक्रम उद्धघाटन सत्रमा प्रमुख अथिती रत्ननगर नगरपालिकावडा नम्बर ६ का वाडसदस्य किरण महतो रहनु भएको थियो ।

तालिमको मुख्य उद्देश्य सौराहामा रहेको सम्पूर्ण संघ संस्थाका कर्मचारीलाई शिप विकास गर्नु रहेको पर्यटन प्रवदन तथा वन्यजन्तु वासस्थान व्यवस्थापन समितिका सचिव राममणि खनालले वताए । तालिममा क्षेत्रीय होटल संघ नेपाल चितवनका कार्यालय सचिव सहित २६ जना कार्यलय सचिव तथा लेखापालको सहभागी रहेको समितिका कार्यवहाक अध्यक्ष टीका प्रसाद कँडेलले जानकारी दिनु भएको छ ।

Facebook Comments Box