चितवन । गुणस्तरीय कम्प्युटर, ल्यापटप, मोवाईल तथा इलेक्ट्रोनिकसका ख्याती कमाएको फेसबुक कम्प्युटर सप्लायर्सले शाखा विस्तार अभियान तीव्र पारेको छ । विगत एक दशकदेखि जिल्लाको नारायणगढबाट आफ्नो सेवा दिदै आएको फेसबुक कम्प्युटर सप्लायर्सले ग्राहकवर्गहरुको माग वमोजिम पूर्वी चितवनको खैरहनी पर्साबजारमा नयाँ शाखा विस्तार गर्न लागेको हो ।

पूर्वी चितवनकै रत्ननगरमा पहिलो शाखाको सफलतासगैँ ग्राहककै घरदैलोमा सेवा दिने उद्देश्यसहित आफ्नो दोश्रो शाखा खैरहनी पर्सा बजारमा सुरु गर्न लागेको फेसबुक कम्प्युटर सप्लायर्सका प्रोप्राइटर दिलिपकुमार तामाङ्गले जानकारी दिए । झण्डै १ करोड लगानी यहि फागुन २० गते उद्घाटन गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलन सप्लायर्सले जनाएको छ ।

पूर्वी चितवनका ग्राहकको मागबमोजिम पर्साबजारबाट सेवा प्रदान गर्न लागिएको फेसबुक कम्प्युटर सप्लायर्सका प्रोप्राइटर तामाङ्गले जानकारी दिए । पर्सा शाखामा झन्डै एक करोडको लगानी गरिएको उनले बताए । ग्राहकवर्गहरुलाई समयमै सर्भिस र सेवा दिनुका साथै उत्कृष्ट सेवा दिन सप्लायर्स सफल हुने उनको विश्वास छ ।

विभिन्न कम्पनीका कम्प्युटर, ल्यापटप, डेस्कटप, प्रिन्टर, सेक्युरिटी डिभाइस, सिसि क्यामेरा, मोबाइल बिक्री तथा मर्मत हुने तथा सम्पूर्ण सामाग्री बजारीकरण गर्ने र आफु स्वरोजगार बन्न सकिने र ग्राहकलाई सुपथ मूल्यमा सेवा प्रदान गरी सन्तुष्ट पार्नु यो शाखा सफल हुने उनको भनाई छ । सप्लायर्सले स्वदेशी तथा विदेशी सामान उपलब्ध गराउनुका साथै ग्राहक वर्गलाई गुणस्तरीय सेवा प्रदान गर्दछ।

आउने दिनमा पनि ग्राहक वर्ग बिच अझ व्यवस्थित तरीकाले सेवा दिने सोच सँगै ग्राहकको मागलाई कदर गर्दै व्यापारलाई अझै विस्तार गर्ने लक्ष्य रहेको उनले बताए । पर्सा शाखा उद्घाटनका अवसरमा पहिलो १० जना ग्राहकलाई विषेश छूटको व्यवस्था रहेको सो अवसरमा जानकारी दिइयो । तामाङ्गले अनलाइनको माध्यमबाट पनि सेवा प्रदान गरिरहेको र पर्सा शाखाबाट पनि सो सुविधा प्रदान हुने वताए ।

यो शाखा विस्तारपछि सेवाका लागि नारायणगढ धाउनुपर्ने बाध्यताको अन्त्य हुने भन्दै उनले हालसम्म फेसबुक कम्प्युटर सप्लायर्सले चितवनको एक सयभन्दा बढी विभिन्न संघसंस्था, कार्यालय तथा स्कुल, कलेज, विश्वविद्यालय, सहकारी संस्था, वैंक, एनजियो, आइएनजियोलगायत व्यक्तिगतरुपमा पनि गुणस्तरीय सेवा र सुविधा दिइरहेको बताए ।

Facebook Comments Box