असोज ३ गते ।  रत्ननगर नगरपालिकाका योजना शाखा प्रमुख तथा इन्जिनियर प्रकाशचन्द्र ढंगानाले रत्ननगरको समग्र विकासको लागि आफुले गरेको कामको विवरण सार्वजनिक गरेका छन । विप्लप नेतृत्वको नेकपा माओवादीले नगरको विकास निर्माणको काम गर्ने क्रममा रकम हिनामिना गरेको भन्दै कार्यालयमै दुव्र्यबहार गरेपछि नगरको विकासमा आफुले खेलेको भूमिकाको फेरिस्ता सार्वजनिक गरेको हुन । उनले रत्ननगर नगरपलिका कार्यालयमा बिगत २० बर्ष देखि नगर को योजना तथा शहरी विकास शाखामा प्रमुख रहेर आफ््नो प्राविधिक भूमिका निर्बाह गरको बताएका छनं । योजना शाखा प्रमुखको पदमा रहेर नगरमा हाल देख्न लायकका योजनाहरुको निर्माणमा आफुसँग रहेको प्राबिधिक ज्ञान, शिप र अनुभबलाई तथा आफुले नसक्ने तर बिषेशज्ञ प्राविधिक आबश्यक पर्दा परामर्श मेरा अग्रज तथा आदरणीय साथीहरुसंग सहयोग लिएर निशुल्क गरे जसमध्य अनुकरणीय र यहाँहरु बिचमा रहेको योजनाहरु निम्न अनुसार रहेको व्यहोरा जानकारी गराउदछु । १) रत्ननगर नगरपालिका कार्यालयको हाल रहेको प्रसासनिक भवनको डिजाइन्, नक्सा कोर्ने ठेक्का कागजात तयारी तथा निर्माणमा निरिक्षण गर्ने कार्य पूर्ण रुपमा मेरो संग्लग्नता रह्यो । २) रत्ननगर अस्पताल जस्को प्राराम्भरिक नक्स्सा तथा डिजाइन मबाट भएकोमा पछी हाम्रो नगरपलिकाका बिषेशज्ञ समेतको संग्लग्नता मा त्यसको डिजाइन,नक्स्सा कोर्ने निर्माण रेखदेख आदी सम्पूर्ण आबश्यक कार्य आवश्यकता अनुसार नै गरें । ३) यस नगरपालिका आज भन्दा २० बर्ष पहिला गठन हुंदा जम्मा राजमार्ग ५ कि मि अन्य १० किमी गरी जम्मा १५ किमी कालोपत्रे सडक रहेको मा आज सो सडक सञ्जाल १५० किमी पक्की र ग्राबेल सहित गरी करीब ३०० किमी सडक सन्जाल निर्माण मा मैले आफ्नो प्राविधिक ज्ञान सीप तथा अनुभबलाई र यहाँहरुको सहभागिता समेत को रकम लाई भरपुर उपायोग गर्दै स्रोत अनुसार को लागतले भ्याउने नर्म्समा लागत अनुमान तयार गरी निर्माण गर्ने कार्य सम्पन्न गरे । ४) यस रत्ननगर नगरपलिकाले दैनिक व्यवस्थापान गर्नुपर्ने फोहोर मैला ब्वस्थापानकार्यमा न. पा.ले नियमित फोहोर गाडने पन्चकन्या वन क्षेत्र आसपासका जनतासंग उचित समझादरी कायम गराइ नगरको हाल सम्मको दैनिक उत्पन्न एवम् संकलन हुने फोहोरलाई ब्वस्थापन गर्न आवश्यक सवारी साधन, मानव संमसाधन स्थानीयको मागलाई सम्बोधन गरी लागु गर्नुपर्ने योजना छनौट तथा कार्यन्वयनमा म प्रत्यक्ष या अप्रत्यक्ष सहभागी भइ उचित कार्य सम्पादन गरे । ५) नगरका आबश्यकतां पहिचान भइ तत समयमा निर्माण भएका उलेख्य योजना जस्तै खोला नाला तट्बन्धन तथा ब्यबस्थापन, नगरपालिका कार्यलय पूर्वधार बिस्तार जस्तै वडा कार्यलयहरु भुमिगत तथा सतही सिचाइ बिस्तार, बिभिन्न संघसंस्था, समुहहरुका भवन जस्ता तमाम निर्माण कार्यमा निशुल्क मेरो प्राविधिक ज्ञान, सीप अनुभवलाई लगानी गरे । ६) यस नगर क्षेत्रमा रहेको तमाम सरकारी प्रा वि., नि. मा. वि. र मा. वि. बिद्यालय को पूर्वधार निर्माण तथा बिस्तार मा मेरो प्राविधिक ज्ञान, सीप अनुभव लाई बिना सेवा शुल्क लगाएर सो संस्था को पूर्वधार एवम् संस्थागत क्षमता विकासमा भरपुर सहयोग पुर्याए । ७) यस नगर क्षेत्रका नगरबासी संघसंस्था,बिद्यालय, स्वास्थ्य चौकी, अस्पताल, मठ(मन्दिर, गुम्वा, मस्जिद आदी को पूर्वधार निर्माणमा सरकारी तथा अन्य निकायसंग परियोजनाको प्रस्ताव गर्दा चहिने कागजात तयारी निशुल्क मेरो ज्ञान सीपले उपलब्ध गराए । ८) यस नगर का अति बिपन्न गरीब सुकुमबासी बस्ती लाई आफ्नो घर सम्झेर पूर्वधार विकास र सेवा सुबिधा बिस्तारमा भरपुर प्रयास गरी आफ्नो प्राविधिक ज्ञान, सीप अनुभवलाई निस्वार्थ लगाउने कार्य गरे । ९) ढल तथा ढल प्रसोधन केन्द्र जसमा म संलग्न छैन । यि तमाम कार्य हरुमा यस नगरले सम्पादन गर्दा र मेरो संलग्नाता प्राबिधिक रुपमा रहदा यसको बाह्य अन्य संघ संस्थाका परियोजना बाहेक नगरपलिकाले खुद योजना तर्फ कारीब १ अर्ब (अर्थात १००करोड) रकम आज सम्मका दिन लगानी गर्योस होला । तर मलाई अब सम्पूर्ण नगरबासीहरुसंग राख्न मन लागेको कुरा, आज हाम्रो नगर क्षेत्र भित्र नेपाल सरकार र अन्य दाता बाट निर्माण भैरहेका तत्कालका योजनाहरु यहाँ प्रस्तुत गर्न चाहान्छु ।

१) नगर को राजमार्ग सडक ब्यब्स्थापान ३२ करोड २) नगर क्षेत्र भित्र बन्दै गरेको रत्ननगर सभा हल १८ करोड ३) यस नगर क्षेत्र भित्र नेपाल सरकार सडक डिभिजन मार्फत निर्माण गरिएको सडक हरु सौरहाचोक( बछौली सडक, भोकाहा( पडरिया, खैरहनी पर्सा सौरहा आदी २५ करोड ४) नगरपालिका कम्पाउन्ड मा निर्माणधिन प्रसासनिक भवन २ करोड ५) स्विस नियोग बाट निर्माण भएका योजना १०करोड ६) अन्य निर्बा्चिततथा समानुपातिक सांसद, अन्य उर्जा, खानेपानी, बिद्युत, सिंचाइ आदी १३ करोड जम्मा . १०० करोड जुन सम्पूर्ण योजनहरुको लागत जोडदा करीब १०० करोड (१ अर्ब) नै छ । के यि योजना हाम्रो निगरानी र आबश्यकता अनुसार र हाम्रो पहुचमा छन ? के हामीले यसको गुणस्तरमा हामीले कुनै निगरानी राख्यौ ? वा निगरानी राख्दा हाम्रा आवजहरु सुनिए ? के यो योजनाले साच्चिकै हाम्रो रुपान्तरण गर्छन त ? अनि के यसको अनुगमन गर्ने, हाम्रो अनुकुलता अनुसार डिजाइन गर्न लगाउने,त्यसको निर्माण गर्ने, अनि निर्माणमा भएको लापरबाहीलाई खबरदारी गर्ने कार्य हामी बाट भयो त ? मैले यो लेखिरहदा मैले हाल पद बहाल हुनु भएका जनप्रतिनिधि भन्दा पनि सम्पूर्ण नगरबसी, राजनीतिक पार्टीका अगुवा, पत्रकार, बुद्धिजिबी, लेखक सर्बसाधाराण सबैलाई यो कुरा सोध्न जुन सम्पूर्ण योजनहरुको लागत जोडदा कारीब १०० करोड नै छ । के यि योजना हाम्रो निगरानी र आबश्यकता अनुसार र हाम्रो पहुचमा छन । के हामीले यसको गुणस्तरमा हामीले कुनै निगरानी राखेउ वा निगरानी राख्दा हाम्रा आवजहरु सुनिए ? के यो योजनाले सान्चिकै हाम्रो रुपान्तरण गर्छन त ? अनि के यसको अनुगमन गर्ने हाम्रो अनुकुलता अनुसार डिजाइन गर्न लगाउने तेसको निर्माण गर्ने अनि निर्माण मा भएको लापरबाही लाई खबारादरी गर्ने कार्य हामी बाट भयो त ? मैले यो लेखिरहदा मैले हाल पदबहाल हुनु भएका जनप्रतिनिधिभन्दा पनि सम्पूर्ण नगरबसी, राजनीतिक पार्टी का अगुवा पत्रकार बुद्धिजिबिी लेखकतथा सर्बसाधाराण सबैलाई यो कुरा सोध्न चाहें । लाग्छ म यस्तो लेखिरहँदा मैले आफुलाई राम्रो देखाउने प्रायस गरेको भनेर बुझ्न पनि सक्नुहुन्छ तर म यही २०७४ आश्विन १ गते नगरपालिका कार्यालयको मेरो कार्यकक्ष मा नै आफुलाई क्रान्तिकारी समाज सुधारक पार्टीका कार्यकर्ता भन्नेहरुले विभिन्न आरोप लगाएर मेरो सेफद सरकारी पोसकमा कालो छ्यांप्ने कार्य गरे सो पछी मैले मेरो बारेमा तपाईंहरु माझ समाजिक सन्जाल मार्फत धाराणा मागे तर कसैले पनि म प्रति स्पस्ट धारणा बनएको जस्तो लागेन र सो घृणित कार्यको बिरोधमा राजनीतिक पार्टी,जनप्रतिनिधि, नागरिक अगुवा, संघ(संस्था, उपभोक्ता, टोल बिकास संस्था, विद्यालय, मठ मन्दिर, अस्पातल संचालन समितिहरुबाट आए जस्तो लागेन र आज पुन मैले मेरो यथार्थताका साथ नगरको वास्तविक परिवेस समेतलाई छर्लग्नं पार्ने कार्य गरेको छु । आसा छ यदी म तपाईंहेरुको नजरमा सही छु भने यस्ता घृणित कार्यको हामी खुलेर बिरोध गर्न किन नसक्ने ?डरले, धम्किले हो कि ? कि म सांच्चिकै गलत थिए? कृपया मेरो लागि केहि बिचार सहित समय दिनुहुन हार्दिक अपिल गर्दछु ।

Facebook Comments Box