रत्ननगर । चितवनको रत्ननगर नगरपालिका १३ अमिलियामा विशालनगर तेक्वान्दो डोजाङ्गको आयोजनामा प्रथम रत्ननगर आमन्त्रण तेक्वान्दो प्रतियोगिता आज शुक्रवारवाट सुरु भएको छ ।

प्रतियोगिता १६३ जना खेलाडीहरुको सहभागिता रहने आयोजक विशालनगर तेक्वान्दो डोजाङ्गका अध्यक्ष कृष्ण वहादुर सिकडनले जानकारी दिनु भएको छ ।

अमिलिया निमाविको प्राङ्गणमा रत्ननगर नगरपालिकाकी उप प्रमुख विमला देवी दुवाडीले प्रतियोगिताको उद्धघाटन गर्नु भएको थियो ।
उद्धघाटन समारोहमा ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख रविन कार्की , रत्नननगर उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरि ,चितवन जिल्ला तेक्वान्दो संघका संस्थापक अध्यक्ष एवं अन्तरतष्ट्रिय निर्णायक पुष्पराज जोशी , रत्ननगर तेक्वान्दो डोजाङ्गका अध्यक्ष सिलन बराल लगायतले मन्तव्य राख्नु भएको थियो ।

उक्त प्रतियोगिताको मुख्य जुरीमा राष्ट्रिय निर्णायक सिलन बराल र लक्ष्मण परियार रहनु भएको तेक्वान्दा प्रशिक्षक पुष्पराज जोशीले वताए ।

 

Facebook Comments Box