चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले भोलि माघ २८ गते काठमाडौँको प्रदर्शनीमार्गमा आयोजना गर्ने प्रदर्शनका लागि विभिन्‍न नेतालाई जिम्मेवारी दिइएको छ । सो समूहको केन्द्रीय संघर्ष समितिले जारी गरेको विज्ञप्तिअनुसार त्यस दिन पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्‍न नेताहरुको नेतृत्वमा जुलुस निकालिने जनाएको छ ।

प्रदर्शनीमार्गमा आयोजना गर्ने असंवैधानिक संसद विघटनका विरुद्धको विरोध सभामा सहभागि हुनको लागि चितवनको रत्ननगरवाट ३० ओटा वसमा २८ गते विहान नेता कार्यकर्ता काठमाडौ जाने तयारी भएको युवा नेता दयाराम पौडेलले वताए ।

 

Facebook Comments Box