रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ५ मा रहेको फरक क्षेमता भएका वालबालिका वस्ने होस्टलको लागि सहयोग प्राप्त भएको छ ।

रत्ननगर नगरपालिका वडा नम्बर ५ मा स्थापना गरिएको विपत व्यवस्थापन राहत कोषको व्यवस्थापनमा हाल बेलायत वस्ने खैरहनी नगरपालिका वडा नम्बर ५ घर भएका जनक रोका र उहाँको नेतृत्वमा सकंलित रमक वाट आईतवार पौष्टिक आहार र स्वास्थ्य सामाग्री हस्तान्तरण गरएको स्थानिय समाजसेवी कृष्ण वोहोराले वताए ।

सहयोग हस्तान्तरण कार्यक्रम वडाध्यक्ष एवं विपत व्यवस्थापन राहत कोषका संयोजक कृष्ण महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box