चितवन । संसद विघटनको विरोधमा नेकपा–प्रचण्ड माधव पक्ष बुधवार साँझ देशका विभिन्न स्थानमा मसाल जुलुस निकालेको छ ।चितवनको रत्ननगर स्थित बकुहर चोकबाट निकालेको मसाल जुलुस टाँडी चोकमा पुगेर कोण सभामा परिणत भएको थयो ।

बुधबारै चितवनको सातै स्थानिय निकायका विभिन्न स्थानमा पनि मसाल जुलुस निकालेको नेकपा चितवनले जनाएको छ । ओलीको संसद विघटन गर्ने कदम प्रतिगामी, असंवैधानिक र अलोकतान्त्रिक भन्दै बुधवार मसाल जुलुस प्रदर्शन गर्नुका साथै सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले जनाएको छ ।

Facebook Comments Box