रत्ननगर । जस्पाल वहुसाँस्कृतिक भवनको वुधवार शिलान्यास गरिएको छ । रत्ननगर नगरपालिका वडा नम्वर ९ मोहनामा रहेको जस्पाल मन्दिर परिसरमा बुधवार प्रदेश संसद कञ्चन खनालले शिलान्यास गर्नु भएको थियो ।

संसद विकास कोष अन्तर्गतको २५ लाख र मन्दिरको ३ लाख गरि जम्मा २८ लाखको लागतमा निर्माण कार्य सुरु गरिएको समाजसेवी एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वडाध्यक्ष मेघनाथ पौडेलले वताए । नयाँ वन्ने भवन चार तले हुने र त्यसमा ई पुस्ताकलय सहित निमार्ण हुने उनले वताए । भवन सम्पन्न गर्न ठुलो वजेट आवश्यक पर्ने भएकाले निमार्ण कार्य निरन्तर रहने र पहिलो चरणको काम आगामी वैशाख भित्र सम्पन्न हुने पौडेलले वताए ।

Facebook Comments Box