काठमाडौं । नेपालको मौसममा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव कायम रहेको छ । हाल देशका पहाडी भू(भागका थोरै स्थानहरुमा र तराईका अधिकांश भू-भागहरुमा हुस्सु र कुहिरो लागेको छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १६ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश नं. १ को पहाडी भू(भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राती देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Facebook Comments Box