चितवन । चितवनको सौराहामा गत २०७६ पुषमा भएको १६ औँ हात्ती महोत्सवमा २० लाख ७४ हजार ८ सय १४रुपैयाँ नाफा भएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि हात्ती महोत्सवको हिसाव सार्वजनिक गरिएको हो ।

हात्ती महोत्सवमा कुल ७५ लाख ६१ हजार रुपैयाँ आम्दानी भएको र ५४ लाख ८६ हजार १ सय ८६ रुपैँया खर्च भएको महोत्सवका कोषध्यक्ष शिवराज दुवाडी (माधव)ले जानकारी दिए ।।क्षेत्रिय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा भएको हिसाव सार्वजनिक कार्यक्रममा होटल संघ नेपालका केन्द्रीय सदस्य ज्ञानेन्द्र कुमार विष्ट, हात्ती महोत्सवका संयोजक राममणी खनाल लगायतकाले बोलेका थिए ।

Facebook Comments Box