चितवन ।बिहिवार आज चितवनका शैक्षिक संस्था बन्द आब्हान गरिएको छ । सरकारद्धारा प्रतिबन्धित विप्लव समूह निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) चितवनले गत पुस ९ गते प्रहरीले पक्राउ गरेका जिल्ला सचिवालय सदस्य तथा भरतपुर महानगरपालिका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’को रिहाइको माग गर्दै आज बिहीवार चितवनका शैक्षिक संस्था बन्दको आब्हान गरेको छ ।

विप्लव समूह निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) चितवनले बुधबार एक विज्ञप्ती जारी गर्दै श्रेष्ठको रिहाइको माग गर्दै शैक्षिक संस्था बन्दको आब्हान गरिएको जनाएको छ ।

Facebook Comments Box