अजित अधिकारी
चितवन । माडीमा जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारी स्वास्थ्यकर्मी, शिक्षक लगाएत सबैको स्वेच्छिक सहयोगमा एम्बुलेन्स सेवा सुचारु गरिने भएको छ । सो एम्बुलेन्स खरिद भए पश्चात् निशुल्क बिरामीहरुलाई ओसारपसार गर्न सहयोग गरिने जनाइएको छ । एम्बुलेन्स खरिदका लागि माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालले १ महिनाको आफ्नो मासिक तलब उपलब्ध गराउने भएका छन ।

यसैगरी एम्बुलेन्स खरिदका लागि आफ्नो एक महिनाको मासिक तलब सहयोग गर्नेहरुमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल, नगर जनस्वास्थ्य संयोजक शिव सुवेदी, कार्यपालिकाका प्रवक्ता शिवहरि सुवेदी र माडी ( ६ का वडा अध्यक्ष भरत बहादुर गुरुङ्गले आफ्नो २ महिनाको तलब उपलब्ध गराउने जनाएका छन । भने अन्य सहयोगी दाताहरुको नामावली समेत आउने क्रम जारी रहेको जनाइएको छ । यस बारेमा केहिदिन अगाडि गरिएको नगरपालिकाको छैटौं नगरसभामा गरिएको छलफलमा सो कुरा बताइएको थियो ।

उक्त छलफलमा जनप्रतिनिधि तथा विभिन्न पेशामा कार्यरत कर्मचारीहरुको स्वेच्छिक सहयोगमा एम्बुलेन्स खरिद गर्ने र खरिद पश्चात् निस्शुल्क वा स्वेच्छिक सहयोग रकम लिएर चलाउने सहमती गरिएको जनाइएको छ ।

Facebook Comments Box