अजित अधिकारी
चितवन । माडी नगरपालिकाको सभाहलमा बुधबार पत्रकार सम्मेलनद्वारा ५२ औं कार्यपालिका बैठक सम्पन्न भएको छ । सो बैठकमा नगर शिक्षा बिधेयक २०७७ र नगर जनस्वास्थ्य बिधेयक ०७७ लगाएतका विषयकमा प्रकाश पारिएको थियो । जसअनुरुप यस विषयमा गरिएको बिधेयक स्वीकृत सम्बन्धमा राजपत्रमा प्रकाशन गरी कार्यान्वयन गर्न गराउन नगर कार्यपालिकामा समेत निर्देशन आएको जनाइएको छ ।

आन्तरिक रुपमा बिनियोजित योजनाहरु कटौति गरी नगरपालिका अन्तरगतको बघौडा अस्पताललाई माडी नगरपालिकाको तर्फबाट रु १,५०,००,००० र अस्पताल बिकास समितिको तर्फबाट रु ५०,००,००० दायित्व हुनेगरी कुल रकम रु २,००,००,००० अस्पताल भबन निर्माणमा बिनियोजित गरी तत्काल बोलपत्र आव्हान गर्ने र योजना कार्यान्वयन गर्न नगर कार्यपालिका कार्यालयलाई अख्तियारी प्रदान गर्ने समेत निर्णय गरिएको जनाइएको छ । यसैगरी भूमिसम्बन्धि समस्या समाधान आयोगसंग माडी नगरपालिकाले गरेको सम्झौता अनुरुप प्राप्त अधिकार अनुसार, भूमिहिनहरुको लगत संकलन तथा प्रमाणीकरणका कार्यका लागि लगत संकलन इकाई समेत गठन गरिएको छ ।

यसै विषयकमा समेटिएका आर्थिक बर्ष २०७७र०७८ को विभिन्न बिकास बजेटका योजनाहरुलाई समाबेश गर्दै अगाडि बढ्ने गरी नगरसभा समेत केहिदिन अगाडी नै सम्पन्न गरिएको छ । उक्त पत्रकार सम्मेलनमा आर्थिक बर्ष २०७७र७८ को प्रगति प्रतिवेदन एबम कार्य योजना र छनौटका विषयकमा नगर कार्यपालिकाका प्रवक्ता शिबहरी सुवेदीले नगरपालिकाद्वारा जारी प्रेस नोट पढेर सुनाएका थिए ।

Facebook Comments Box