चितवन । पुर्वी चितवनको रत्तननगर नगरपालिका बछौलीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

आईतवार सौराहामा सामुदायिक सहयोग केन्द्र नेपाल, लायन्स क्लब अफ चितवन कम्यूनिटी हेल्प, लायन्स क्लब अफ चितवन सौराहाको संयुक्त आयोजनमा सञ्चालित स्वास्थ्य शिविरमा नेशनल सिटी हस्पिटलको प्राविधिक सहयोग रहेको थियो । भने डा.गौरीराम महतोले उक्त स्वास्थ्य शिविरमा पेट , मुटु, छाती तथा सुगरका गरि ३२ जना महिला सहित ५० जनाको चेकअप गरेका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ चितवन सौराहाका अध्यक्ष अञ्जन कुमार पाण्डे, लायन्स क्लब अफ चितवन कम्यूनिटी हेल्पका अध्यक्ष दिपेन्द्र खरेल, निर्देशक दिपेन्द्र खतिवडा  लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box