चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवन चितवन गार्डेन रिसोर्टले भरतपुरको पर्यटन बिकासमा थप आयाम थपिएको बताउनु भएको छ । होटलको उद्धघाटन गर्दै प्रमुख दाहालले यसको पूर्ण सफलताको शुभ कामना ब्यक्तगर्नु भयो । भरतपुरको केन्द्रमा संचालनमा एको यस सुबिधा सम्पन्न होटल गुणस्तरिय सेवा प्रदान गर्न अब्बल साबित हुने प्रमुख दाहालको भनाई छ ।

देसकै मध्य भागमा अवस्थित भरतपुर महानगरपालिका भित्र पछिल्ला दिनहरूमा सुबिधा सम्पन्न होटल तथा रिसोर्ट निर्माण तथा संचालन तिब्र गतिमा भैरहेको बताउदै यसले भरतपुरको बिकास र पहिचान हुने बिस्वास ब्यक्त गर्नु भयो ।

भरतपुर महानगरपालिकाले समग्र पर्यटन क्षेत्रको बिकासका लागी महत्वपूर्ण कामहरू गरिरहेको बताउँदै पर्यटन बिकासको प्रमुख आधार ब्यवस्थित र सुरक्षित सडक संजाल आवस्यक हुने भन्दै सोहि बमोजिमको सडक संजालले महानगरलाई घेरेको दाहालको भनाई छ ।
नारायणी नदिकिनारलाइ सी बिच मोडलको रूपमा बिकास गर्न ६ करोडको हाराहारिमा निर्माण कार्य सुरू भएको भन्दै यसले देशमै नया‘ पन दिने पनि उहाको भनाई छ ।

चितवन राष्ट्रिय निकुन्ज , बिसाल नारायणी र राप्ती नदी र धार्मिक पर्यटनको केन्द्र देबधाट हाम्रो लागी बरदान भएको भन्दै यसबाट भोलिका दिनमा ठूलो लाभ लिनुपर्ने समेत उहाको भनाई छ ।
भरतपुरले छोटो समयमै बिकासको गति लिएको भन्दै भरतपुर महानगरपालिका अबको १ बर्ष भित्र देसकै नमुना सहर हुने तर्क गर्नु भयो ।
६ लेन सडक ,सिटीहल ,५ तारे होटल सहितको बहुउद्देशीय ब्यावसायिक भवन जस्ता ठूला आयोजनाहरू संचालनमा आएको भन्दै महानगरपालिकाको बिकासमा सबैको सहयोग र चासो हुनुपर्ने तर्क गर्नु भयो ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका बागमती प्रदेस सदस्य बद्री तिमिल्सेनाले सुबिधा सम्पन्न होटल संचालन संगै समग्र चितवनको बिकासमा एउटा इट्टा थपियको बताउदै होटलको सफलताको शुभकामना ब्याक्त गर्नु भयो ।

उद्धाटन कार्यक्रममा उध्योग बाणिज्य सघं चितवनका अध्यक्ष राजु श्रेष्ठले चितवन गार्डेन रिसोर्ट चितवनको पर्यटन बिकासमा महत्वपूर्ण हुने बताउदै सेवा प्रवाहलाइ चुस्त दुरूस्त बनाउन संचालकहरूलाइ आग्रह गर्नु भयो ।

चितवन उध्धोग संधका अध्यक्ष राजु पौडेलले समग्र बिकास र अर्थतन्त्रलाई चलायमान बनाउन सेवा क्षेत्रको महत्वपूर्ण भुमिका हुनेबताउदै गुणस्तरिय सेवा प्रबाग गर्दै सेवाग्राहिको मन जित्न आग्रह गर्नु भयो ।

चितवन गार्डेन रिसोर्टका संचालक केसब देबकोटाले पर्यटन क्षेत्रको केन्द्र बन्दै गयको चितवनमा थपियको चितवन गार्डेन रिसोर्ट एउटा आयम भयको भन्दै होटल सफलताको कामना ब्याक्त गर्नु भयो । ३० करोड लागतमा ९ कट्ठा क्षेत्रफलमा आधुनिक सैलिमा निर्माण गरिएको होटलमा डिलक्स र प्रिमियम गरी २८ वडा सुबिधा सम्बन्न कोठा ,१ हजार सिट क्षमताको रोयल बैकेट हल , ५०० सय ,२ सय र ५० सिट क्षेमताको बैकेट तथा मिटिड्गहल ,सुइमिड्ग पुल ,र रेस्टुरेन्ट रहेको होटलका प्रबन्ध निर्देसक तेज प्रसाद घिमिरेले जानकारी दिनु भयो । कार्यक्रम होटलका अध्यक्ष असोक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Facebook Comments Box