चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा माडी नगर कमिटी सचिब नारदमणि पौडेलले पत्रकार अजित अधिकारीसंग कुराकानी गर्नुहुँदै, संसद विघटन हुनु देशका लागि नै ठुलो घात भएको बताएका छन ।

दुई तिहाईको सरकारले जनताको मन जितेर आज यो स्थानसम्म आइपुग्दा, बिगतको आफ्नो इतिहासलाई बिर्सिएर जनताका सपनाहरु चकनाचुर हुनु ठुलो बिश्वासघात भएको उनको तर्क थियो । यसैगरी उनले, घरको मुली मान्छेले पार्टीका ब्यक्तित्वहरुको जन भावना बुझ्न् नसक्दा यस्तो खालको अबस्था सिर्जना भएको उनको भनाइ छ ।

सरकारको यो निर्णयले जनताले सरकारसंग गरेका अपेक्षा र जनताले बुनेको सपना आज सबै छताछुल्ल भएको बताए । र आज यो नतिजा आउनु भनेको आफैमा दुखद भएको र यो अबस्था र स्थान पाउन अब निकै गार्‍हो हुने उनको बुझाई छ ।

Facebook Comments Box