चितवन । शिक्षा संग सँगै संरक्षण भन्ने मूल नाराको साथ आज बछौली माविले एक कार्यक्रम आयोजना गरेको छ । बछौली माविमा अध्यनरत  ४० जना विधार्थीलाई राष्ट्रिय प्रकृती संरक्षण कोषका प्रमुख बाबुराम लामिछाने तथा चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर प्रमुख प्रकाश उप्रेतीले संरक्षण सम्वन्धी तालिम दिनु भएको थियो । साथै संरक्षण विध टिकाराम गिरीले तालिम लगतै विधार्थीहरु लाई जिप सफारी मार्फत कुमरोज मध्यवर्ती सामुदायीक वनकाे अवलोकन गराउनु भएको थियो ।

कार्यक्रमकाे मूल उद्देश्य समाजमा रहेको सम्पूर्ण नागरीकलाई संरक्षण सम्वन्धी ज्ञान दिनु र संरक्षणमा सहयोग पुराउनु रहेकाे बछौली माविका व्यवस्थापन समिति अध्यक्ष राममणी खनालले वताए ।
कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष बलराम दाहाल, चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर प्रमुख प्रकाश उप्रेती, राष्ट्रिय प्रकृती संरक्षण कोषका प्रमुख बाबुराम लामिछाने तथा रत्ननगर नगरपालीका नगर शिक्षा अधिकारी बद्रि नारायण भट्टराईको सहभागिता रहेको थियो ।

Facebook Comments Box