चितवन । अर्पण बचत तथा ऋण सहकारीको अध्यक्षमा मेघनाथ पौडेल सर्वसम्मत चयन भएका छन् । रत्ननगर(१, बकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्था लि। को शनिबार रत्ननगरमा सम्पन्न ११ औं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट पौडेल अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् । उनी यस अघि संस्थाको उपाध्यक्ष रहेका थिए ।

संस्थाको सोहि अधिवेशनबाट उपाध्यक्षमा मोहदत्त पौडेल “शुरज”, सचिवमा किशोर चालिसे, कोषाध्क्षमा राम कुमार बजगाई, सदस्यमा क्रमशः महेश पाण्डे, बिपिन शर्मा आचार्य, योगराज सुवेदी, टुकानाथ आचार्य, चन्द्र नारायण श्रेष्ठ, दिक्षा अधिकारी, लक्ष्मी नेपाली सर्वसम्मत चयन गरेको छ।

त्यस्तै लेखा समिति संयोजकमा दिनेश रेग्मी, सदस्यमा कृष्ण प्रसाद आचार्य र सुदिप बावु नेपाल सर्वसम्मत चयन भएका छन् । सोहि अधिवेशनले संस्थाको कप्स कार्यदल पनि गठन गरेको छ जसको संयोजकमा अर्जुन पौडेल चयन भएका छन् । निर्वाचन मण्डलमा रहेका संयोजक खगेन्द्र पौडेल तथा सदस्यहरु यमन भुषाल तथा माधव पौडेलले ११ सदस्यीय कार्य समिति र ३ सदस्यीय लेखा समिति सर्वसम्मत चयन भएको घोषणा गरेका थिए ।

पौष २(४ गते सम्म चलेको ११ औं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनको अन्तिम दिन शनिबार अध्यक्षको प्रतिवेदन, सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन पनि सर्वसम्मत रुपमा पारित गरिएको छ । सो कार्यक्रममा संस्थाले उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋण कर्ता तथा उत्कृष्ट १ जना कर्मचारीलाई सम्मान गरेको थियो । सो कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष यमन भुषालले आफ्नो कार्यकालमा सहयोग गर्ने कार्यसमिति, लेखा समिति तथा ऋण समितिमा रहि कार्य गरेका धुर्वराज लामिछाने र शेयर सदस्य दामोदर पौडेललाई धन्यवाद सहित प्रमाणपत्र प्रदान गरेका थिए ।

सो संस्थाले ०७६र०७७ को असार मसान्तसम्म ९ करोड ९३ लाख २७ हजार १५८ निक्षेप संकलन गरेको छ भने ९ करोड ६६ लाख ५६ हजार ५८० कर्जा प्रवाह गरेको छ । त्यस्तै गत वर्ष ४ करोड ७५ लाख ३१ हजार ९०० रहेको शेयर पुंजी ०७६र०७७ को असार मसान्तसम्म १०।६० प्रतिशत बढेर ५ करोड २५ लाख ६८ हजार पुगेको संस्थाका निवर्तमान अध्यक्ष यमन भुषालले जानकारी दिए ।

Facebook Comments Box