अजित अधिकारी
चितवन । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर परुई खोलाको सिरानमा गएराती भिषण पहिरो जाँदा सिचाइ सेवा अबरुद्ध भएको छ ।

सिचाइ सेवा अबरुद्ध हुँदा खेतबारीमा पानी लगाउन असहज हुनुका साथै पहिरोले निकै लामो समय थुनिएको बाँध फुटेमा परुई खोलाको किनारमा रहेका मानव बस्तीमा जोखिम बढ्न सक्ने परुई जल उपभोक्ता संस्थाका सचिब गणेश अधिकारीले जानकारी दिए । उनका अनुसार, यो अहिलेसम्मकै पहिलो प्राकृतिक घटना भएको बताए । ईलाका प्रहरी कार्यालय माडी र विभिन्न जनप्रतिनिधि तथा स्थानीय बासीहरुको नेतृत्वमा उक्त पहिरो गएको क्षेत्रमा अनुगमन टोली पुगेको थियो ।

उक्त अनुगम टोलीले झन्डै ५०० मिटर क्षेत्रफल र खोलाको सतहदेखि झन्डै १० मिटर हाइटमा पहिरो खसेको प्रारम्भिक अनुमान गरेको छ । पहिरोले खोला अबरुद्ध हुँदा सिरानदेखिको पानी जमेर यसले आपतकालीन अबस्थाको सिर्जना गर्न सक्ने देखिन्छ । उक्त प्राकृतिक घटनाको अबलोकन गर्दै, माडी ७ का वडा अध्यक्ष बालकृष्ण सापकोटाले जोखिम बढ्न सक्ने भएकाले समयमा नै उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिए । उनले, यो घटना अहिलेसम्मकै पहिलो घटना भएकाले यसबाट बच्ने उपाय संगै यसको रोकथाममा निकासको बाताबरण सिर्जना गर्नुपर्ने बताए । यसैगरी ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले बिपदको यो समयमा सबैजना सचेत हुनुपर्ने बताए । उनले, पहिरोको अनुगमन गर्दै, परुई खोलाको किनारमा बसोबास गर्ने चेपाङ्ग बस्तीहरुमा निकै लामो समय पहिरोले थुनिएको बाँध फुट्न सक्ने भएकाले तत्काल उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिदै स्थानीय बासीहरुलाई स्थान्तरण गर्नुपर्ने बताए ।

यसैगरी उनले, प्राकृतिक बिपत्तिबाट बच्नको लागि उच्च सतर्कताका उपायहरुका बारेमा जनतालाई जानकारी दिनुपर्नेमा सबैजना एकजुट भएर लाग्नुपर्ने तर्क गर्दै, छिटै ईलाका प्रहरी कार्यालयले यस विषयकमा कदम चाल्ने बताए ।

Facebook Comments Box