चितवन । चितवनको माडी स्थित बसन्तपुरमा स्थापित सामुदायिक रेडियो वाल्मीकि एफएम ८९।५ मेगाहर्जले आजदेखि जन आवाज कार्यक्रम चलाउन सुरु गरेको छ । माडी ६ मा रहेको जनकल्याण माध्यमिक बिद्यालयबाट रेडियो मार्फत प्रत्यक्ष प्रसारण गरि कार्यक्रम जन आवाज चलाउन सुरु गरिएको हो । विद्यालयका समस्या तथा समाधानका विषयक र शिक्षासंग सम्बन्धित विषयमा रहेर सो बिद्यालयका सहायक प्रधानाध्यापक यमनाथ सुबेदीसंग कुराकानी गरिएको थियो ।

यसैगरी कार्यक्रम जन आवाज माडीका विभिन्न क्षेत्रहरुमा रहेका जनताको घरदैलोमा पुगेर त्यहिबाट नै रेडियो मार्फत प्रसारण हुनेछ ।
कार्यक्रम जन आवाज मार्फत समाजमा हुने सामाजिक बिकृती बिसङ्गतीको रोकथाम र नियन्त्रण संगसंगै जनताका समस्याहरुलाई समुदायमा गएर उजागर गर्ने एक मात्र प्रयासको थालनी गरिएको रेडियो वाल्मीकिका स्टेशन म्यानेजर सुमन रानाभाटले चितवन अनलाईन खबरसंग बताए । साथै उनले, समाजको परिबर्तनमा रेडियोको महत्वोपुर्ण भुमिका रहने हुँदा, समाजमा हुने सबै खालका समस्या र बेथितिहरुको अन्त्य गरि एउटा समुन्नत शुन्दर समाजको निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

यसैगरी उनले, खोजमुलक कार्यक्रमको रुपमा केही समय बन्द भएको कार्यक्रम खबर फास्ट अब छिटै सुचारु हुने जानकारी दिए । कार्यक्रम जन आवाज हरेक साताको बिहिबार दिउँसो १ बजेदेखि २ बजेसम्म पत्रकार अजित अधिकारी र महेश भण्डारीको साथमा आलोपालो संचालन हुनेछ ।

Facebook Comments Box